Song: Abako Dherai Barsha Pachi
Lyrics/Music/Arrange: Pranay Khaling Vocal: Pranay Khaling Video: Suman Java Lyrics: अबको धेरै वर्षपछि के म तपाईंजस्तै बन्छु कि ? या म यस्तै रहन्छु कि ? मेरो स्थिति नबद्लिँदा के म तपाईंलाई नै रुवाउँछु कि ? या अरुकै अंगालोमा विर्सन्छु तपाईंलाई ? अत्तालिन्छु म जब देख्दिनँ तपाईंलाई येशू बाटो विराउँछु म जब बुझ्दिनँ तपाईंलाई येशू धेरैचोटी नसुनेझैँ लाग्छ मेरो चित्कार तपाईंले कहिलेकाहीँ यस्तो पनि लाग्छ तपाईं नै छैन भनी, तर आत्माले मलाई फेरि सम्झाउँछ येशू जिउँदो छ फरक पार्दछ उनलाई मेरो जीवनले भनी सुनाउँदछ । धेरैचोटी बुझ्दिनँ म तपाईंलाई मेरो समझले तर पूरा भरोसा छ मलाई छोड्नुहुन्न कहिल्यै । हे येशू, हे येशू सुन्नुहुन्छ तपाईं मलाई हे येशू, हे येशू छोड्नुहुन्न कहिल्यै पनि हे येशू, हे येशू हुनुहुन्छ सँधैभरी ।
Tags
Pranay Khaling- Abako Dherai Barsa Pachi अबको धेरै वर्षपछि [Official] | P Productions|Christian Song