Psalms 1 MP3 Download - Bhajansangraha Bhajan 1 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 1 MP3 Download - Bhajansangraha Bhajan 1 MP3 Download

 

 


भजनसंग्रह 1

प्रथम खण्‍ड (१-४१)
साँचो आनन्‍दको सिद्ध मार्ग
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ,
र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन।
त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌,
र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।
 
 
To Download MP3 Click on Picture

Psalms 1

BOOK ONE: Psalms 1—41
The Way of the Righteous and the End of the Ungodly
 
1 Blessed is the man
Who walks not in the counsel of the ungodly,
Nor stands in the path of sinners,
Nor sits in the seat of the scornful;
2 But his delight is in the law of the Lord,
And in His law he meditates day and night.
3 He shall be like a tree
Planted by the rivers of water,
That brings forth its fruit in its season,
Whose leaf also shall not wither;
And whatever he does shall prosper.
4 The ungodly are not so,
But are like the chaff which the wind drives away.
5 Therefore the ungodly shall not stand in the judgment,
Nor sinners in the congregation of the righteous.
6 For the Lord knows the way of the righteous,
But the way of the ungodly shall perish.

Post a Comment

Previous Post Next Post