Psalms 3 MP3 - Bhajansangraha Bhajan 3 MP3

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 3 MP3 - Bhajansangraha Bhajan 3 MP3

 



भजनसंग्रह 3

सहायताको निम्‍ति बिहानको प्रार्थना
आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन
1 हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌! मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌।
2 मेरो विषयमा धेरैले भनिरहेछन्‌, “परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछैन।” सेला
3 तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ।
4 म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु,
र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ।
5 म पल्‍टन्‍छु, र निदाइहाल्‍छु, म फेरि बिउँझन्‍छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्‍नुहुन्‍छ।
6 मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्‍ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।
7 हे परमप्रभु, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌! मेरा सबै शत्रुहरूका गालामा चड्‌काउनुहोस्‌।
दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्‌।
8 छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्‌! सेला 
 
To Download MP3 Click on Picture

Psalms 3

The Lord Helps His Troubled People
A Psalm of David when he fled from Absalom his son.
1 Lord, how they have increased who trouble me!
Many are they who rise up against me.
2 Many are they who say of me,
There is no help for him in God.”
Selah
3 But You, O Lord, are a shield for me,
My glory and the One who lifts up my head.
4 I cried to the Lord with my voice,
And He heard me from His holy hill.
Selah
5 I lay down and slept;
I awoke, for the Lord sustained me.
6 I will not be afraid of ten thousands of people
Who have set themselves against me all around.
7 Arise, O Lord;
Save me, O my God!
For You have struck all my enemies on the cheekbone;
You have broken the teeth of the ungodly.
8 Salvation belongs to the Lord.
Your blessing is upon Your people.
Selah

Post a Comment

Previous Post Next Post