LISTEN MP3 HERE & DOWNLOAD
Psalms 31 MP3 Download - Bhajansangraha Bhajan 31 MP3 Download
DOWNLOAD MP3
DOWNLOAD MP3
भजनसंग्रह 31
सङ्कष्टमा परमेश्वरमाथि भरोसा
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन
1 हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्।
2 मेरो
पुकारा सुनिदिनुहोस्, मलाई झट्टै छुटाउनुहोस्। तपाईं मेरो निम्ति शरणको
चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्।
3 मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्।
4 मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्छ।
5 तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्।
6 व्यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु।
7 तपाईंको कृपामा म आनन्द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्नुभयो,
र मेरो प्राणको वेदना तपाईंले जान्नुभयो।
8 तपाईंले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन, तर तपाईंले मलाई फराकिलो ठाउँमा राख्नुभएको छ।
9 ममाथि
अनुग्रह गर्नुहोस्, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्टमा परेको छु।
शोकले गर्दा मेरा आँखा धमिला भएका छन्, मेरो प्राण र मेरो शरीर सुकिसकेका
छन्
10 मेरो जीवन वेदनामा,
र मेरो उमेरचाहिँ सुस्केरामा बितेका छन्। मेरो क्लेशको कारणले मेरो बल घटेको छ,
र मेरा हाड़हरू कमजोर भइसकेका छन्।
11 मेरा
सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्ति तुच्छ भएको छु। म मेरा
मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्नेहरू मदेखि
भाग्छन्।
12 मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्, म त फुटेको भाँड़ाजस्तै भएको छु।
13 किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्,
र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्।
14 तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्छु, म भन्छु, “तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ।”
15 मेरा समय तपाईंकै हातमा छन्, मेरा शत्रुहरूका हातबाट
र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्।
16 तपाईंको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्।
17 मैले शर्माउनु नपरोस्, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्टहरू शर्ममा परून्,
र पातालमा जाऊन् र त्यहीँ चूपचाप रहून्।
18 तिनीहरूका झूटा ओठहरू बन्द भइजाऊन्, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्कार र अहङ्कारसाथ बोल्छन्।
19 तपाईंको
भलाइ कति महान् छ, जो तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले
राख्नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्ने
दिनुभएको छ।
20 तपाईंका
उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईंले
लुकाउनुहुन्छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो
वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
21 परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदेकको कृपा ममाथि देखाउनुभयो।
22 आत्तिएको बेलामा मैले भनें, “तपाईंको दृष्टिबाट म टाढ़ा भएको छु।” तर तपाईंलाई गुहारको निम्ति पुकारा गर्दा,
तपाईंले कृपाको निम्ति मेरो पुकारा सुनिदिनुभयो।
23 हे
उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्वास गर्नेहरूलाई
परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड
दिनुहुन्छ।
24 हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।
Psalms 31
The Lord a Fortress in Adversity
To the Chief Musician. A Psalm of David.
1 In You, O Lord, I put my trust;
Let me never be ashamed;
Deliver me in Your righteousness.
2 Bow down Your ear to me,
Deliver me speedily;
Be my rock of refuge,
A fortress of defense to save me.
3 For You are my rock and my fortress;
Therefore, for Your name’s sake,
Lead me and guide me.
4 Pull me out of the net which they have secretly laid for me,
For You are my strength.
5 Into Your hand I commit my spirit;
You have redeemed me, O Lord God of truth.
6 I have hated those who regard useless idols;
But I trust in the Lord.
7 I will be glad and rejoice in Your mercy,
For You have considered my trouble;
You have known my soul in adversities,
8 And have not shut me up into the hand of the enemy;
You have set my feet in a wide place.
9 Have mercy on me, O Lord, for I am in trouble;
My eye wastes away with grief,
Yes, my soul and my body!
10 For my life is spent with grief,
And my years with sighing;
My strength fails because of my iniquity,
And my bones waste away.
11 I am a reproach among all my enemies,
But especially among my neighbors,
And am repulsive to my acquaintances;
Those who see me outside flee from me.
12 I am forgotten like a dead man, out of mind;
I am like a broken vessel.
13 For I hear the slander of many;
Fear is on every side;
While they take counsel together against me,
They scheme to take away my life.
14 But as for me, I trust in You, O Lord;
I say, “You are my God.”
15 My times are in Your hand;
Deliver me from the hand of my enemies,
And from those who persecute me.
16 Make Your face shine upon Your servant;
Save me for Your mercies’ sake.
17 Do not let me be ashamed, O Lord, for I have called upon You;
Let the wicked be ashamed;
Let them be silent in the grave.
18 Let the lying lips be put to silence,
Which speak insolent things proudly and contemptuously against the righteous.
19 Oh, how great is Your goodness,
Which You have laid up for those who fear You,
Which You have prepared for those who trust in You
In the presence of the sons of men!
20 You shall hide them in the secret place of Your presence
From the plots of man;
You shall keep them secretly in a pavilion
From the strife of tongues.
21 Blessed be the Lord,
For He has shown me His marvelous kindness in a strong city!
22 For I said in my haste,
“I am cut off from before Your eyes”;
Nevertheless You heard the voice of my supplications
When I cried out to You.
23 Oh, love the Lord, all you His saints!
For the Lord preserves the faithful,
And fully repays the proud person.
24 Be of good courage,
And He shall strengthen your heart,
All you who hope in the Lord.