Tapai Ko Premale Lyrics - Adrian Dewan & The Sojourners
Lyrics:
तपाईको प्रेमले तपाईको प्रेमले
म त नयाँ भएको छु
छुटकारा पाई अन्ध्यारो देखी
उज्यालोमा आएको छु
हेर्नुहोस मलाई म त गाईरहेछु
धन्यवाद दिँदै रमाइरहेछु
ताली बजाउँदै म त आइरहेछु
हात उचाल्दै कराइरहेछु
येशूले मलाई दिनुभो मुक्ति अनन्तको
नसकेको कसैले उनले गर्नुभो
धूलोबाट उठाई सुन्दरता दिइ
आफ्नो जीवित आत्माले मलाई भर्नुभो
म हाँगा हुँ ख्रीष्टको सुवास्ना हुँ नुन हुँ ज्योति हुँ संसारको
तपाईको छुवाइले तपाईको छुवाइले
म त निको भएको छु
जीउनको निम्ति स्वर्गीय दर्शन
शक्ति मैले पाएको छु
All Credit Belongs to its Owner:
Electric Guitars - Arun Tandukar
Keys - Daniel Christopher Subba
Drums - Sushant Pahadi
Fute - John Rashin Singh
Bass - Nelson Sherpa
Shakers - Darshan Tamang
Vocal - Adrian Dewan
Mixing/Mastering - Binaya Man Amatya @ The Project Studio
Video editing - Ashesh Dewan