Psalms 29 MP3 - Bhajansangraha Bhajan 29 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD
DOWNLOAD MP3
 DOWNLOAD MP3 TO CLICK ON PICTURe


 

 




भजनसंग्रह 29

आँधीबेहेरीमा प्रभुको आवाज

दाऊदको भजन

1 हे परमेश्‍वरका बलिष्‍ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देओ।
2 परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।
3 परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्‍छ।
4 परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ।
5 परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ।
6 उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्‍तै,
र सिरिओन पर्वतलाई जङ्गली साँढ़ेजस्‍तै उफार्नुहुन्‍छ।
7 परमप्रभुको वाणीले बिजुलीका चमकसहित प्रहार गर्छ।
8 परमप्रभुको वाणीले मरुभूमिलाई हल्‍लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्‍पित पार्दछ।
9 परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्‍छ,
र जङ्गल लाछलुछ पारेर उजाड तुल्‍याउँदछ।
अनि उहाँको मन्‍दिरमा सबै “महिमा!” भन्‍दै कराउँछन्‌।
10 परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्‍छ। परमप्रभु सदासर्वदा राजाजस्‍तै सिंहासनमा विराजमान हुनुहुन्‍छ।
11 परमप्रभुले आफ्‍ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्‍छ, परमप्रभु आफ्‍ना मानिसहरूलाई शान्‍तिको वरदान दिनुहुन्‍छ।
 
 

Psalms 29

Praise to God in His Holiness and Majesty
A Psalm of David.
1 Give unto the Lord, O you mighty ones,
Give unto the Lord glory and strength.
2 Give unto the Lord the glory due to His name;
Worship the Lord in the beauty of holiness.
3 The voice of the Lord is over the waters;
The God of glory thunders;
The Lord is over many waters.
4 The voice of the Lord is powerful;
The voice of the Lord is full of majesty.
5 The voice of the Lord breaks the cedars,
Yes, the Lord splinters the cedars of Lebanon.
6 He makes them also skip like a calf,
Lebanon and Sirion like a young wild ox.
7 The voice of the Lord divides the flames of fire.
8 The voice of the Lord shakes the wilderness;
The Lord shakes the Wilderness of Kadesh.
9 The voice of the Lord makes the deer give birth,
And strips the forests bare;
And in His temple everyone says, “Glory!”
10 The Lord sat enthroned at the Flood,
And the Lord sits as King forever.
11 The Lord will give strength to His people;
The Lord will bless His people with peace.
 
 

Post a Comment

Previous Post Next Post