LISTEN MP3 HERE & DOWNLOAD
Psalms 12 MP3 Download - Bhajansangraha Bhajan 12 MP3 Download
भजनसंग्रह 12
दुर्जनहरूका विरुद्ध परमेश्वरको सहायताको निम्ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्ति शिमिनिथअनुसार दाऊदको भजन
1 गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्। मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन्।
2 हरेकले आफ्नो छिमेकीसँग झूटा बोल्छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्।
3 सबै चापलूसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्,
4 तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राले नै हामी जित्नेछौं, हाम्रा ओठ हाम्रै हुन्, हामीमाथि को मालिक छ र?”
5 परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, किनकि कमजोरहरू लुटिएका छन्,
र दरिद्रहरू सुस्केरा हाल्छन्,
र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।”
6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
7 हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइराख्नुहुनेछ।
8 दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्, जब मानिसहरूका बीचमा नीचताको सम्मान हुन्छ।
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 12
Man’s Treachery and God’s Constancy
To the Chief Musician. On an eight-stringed harp. A Psalm of David.
1 Help, Lord, for the godly man ceases!
For the faithful disappear from among the sons of men.
2 They speak idly everyone with his neighbor;
With flattering lips and a double heart they speak.
3 May the Lord cut off all flattering lips,
And the tongue that speaks proud things,
4 Who have said,
“With our tongue we will prevail;
Our lips are our own;
Who is lord over us?”
5 “For the oppression of the poor, for the sighing of the needy,
Now I will arise,” says the Lord;
“I will set him in the safety for which he yearns.”
6 The words of the Lord are pure words,
Like silver tried in a furnace of earth,
Purified seven times.
7 You shall keep them, O Lord,
You shall preserve them from this generation forever.
8 The wicked prowl on every side,
When vileness is exalted among the sons of men.