LISTEN MP3 HERE & DOWNLOAD
Psalms 17 MP3 Download - Bhajansangraha Bhajan 17 MP3 Download
भजनसंग्रह 17
निर्दोष मानिसको प्रार्थना
दाऊदको प्रार्थना
1 हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्।
2 मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्, तपाईंको आँखाले सच्चाइ देखोस्।
3 यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने,
र
राती पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि, तपाईंले
मभित्र केही पनि भेट्टाउनुहुनेछैन। मेरो मुखको बोलीले कुनै अपराध गर्नेछैनँ
भनी मैले निश्चय गरेको छु।
4 मानिसहरूका कामको विषयमा भन्ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।
5 मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्।
6 म तपाईंमा पुकार गर्दछु, हे परमेश्वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्नुहोस्,
र मेरो बिन्ती सुन्नुहोस्।
7 आफ्ना
शत्रुहरूबाट तपाईंमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने
हे प्रभु, आफ्नो महान् प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्।
8 तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्नुहोस्। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्—
9 ती दुष्टहरूबाट, जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्।
10 तिनीहरू आफ्ना निर्दयी हृदय बन्द गर्दछन्,
र तिनीहरू आफ्ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्।
11 तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्,
र अब मलाई घेरा लगाउँछन्। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्।
12 तिनीहरू शिकारको निम्ति भोकाएको सिंहजस्तै भएका छन्, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्छन्।
13 हे
परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित
गरिदिनुहोस्। आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट
छुटाउनुहोस्।
14 हे
परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी
संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर
गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ। तिनीहरूका छोराहरूका लागि प्रशस्त
छन्, आफ्ना बालबच्चाका लागि तिनीहरूले धन-सम्पत्ति थुपारेर राख्छन्।
15 अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु।
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 17
Prayer with Confidence in Final Salvation
A Prayer of David.
1 Hear a just cause, O Lord,
Attend to my cry;
Give ear to my prayer which is not from deceitful lips.
2 Let my vindication come from Your presence;
Let Your eyes look on the things that are upright.
3 You have tested my heart;
You have visited me in the night;
You have tried me and have found nothing;
I have purposed that my mouth shall not transgress.
4 Concerning the works of men,
By the word of Your lips,
I have kept away from the paths of the destroyer.
5 Uphold my steps in Your paths,
That my footsteps may not slip.
6 I have called upon You, for You will hear me, O God;
Incline Your ear to me, and hear my speech.
7 Show Your marvelous lovingkindness by Your right hand,
O You who save those who trust in You
From those who rise up against them.
8 Keep me as the apple of Your eye;
Hide me under the shadow of Your wings,
9 From the wicked who oppress me,
From my deadly enemies who surround me.
10 They have closed up their fat hearts;
With their mouths they speak proudly.
11 They have now surrounded us in our steps;
They have set their eyes, crouching down to the earth,
12 As a lion is eager to tear his prey,
And like a young lion lurking in secret places.
13 Arise, O Lord,
Confront him, cast him down;
Deliver my life from the wicked with Your sword,
14 With Your hand from men, O Lord,
From men of the world who have their portion in this life,
And whose belly You fill with Your hidden treasure.
They are satisfied with children,
And leave the rest of their possession for their babes.
15 As for me, I will see Your face in righteousness;
I shall be satisfied when I awake in Your likeness.