Psalms 18 MP3 Download - Bhajansangraha Bhajan 18 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 18 MP3 Download - Bhajansangraha Bhajan 18 MP3 Download

 

DOWNLOAD MP3
To Download MP3 Click on Picture
 

 

 


भजनसंग्रह 18

परमेश्‍वरले छुटकारा दिनुभएकोमा परमप्रभुको प्रशंसा
सङ्गीत-निर्देशकको निम्‍ति शत्रुहरू र शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन
1 हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
2 परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।
3 म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।
4 मृत्‍युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।
5पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।
6 मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें,
र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो।
7 पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, पहाड़हरूका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।
8 उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो,
र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो।
9 स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोडामुनि थियो।
10 उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो,
र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।
11 अन्‍धकारलाई उहाँले आफ्‍नो ओढ्‌ने तुल्‍याउनुभयो, पानीले काला भइसकेका बाक्‍ला बादललाई उहाँले आफ्‍नो मण्‍डप तुल्‍याउनुभयो।
12 उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े।
13 परमप्रभु स्‍वर्गबाट गर्जनुभयो,
र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो।
14 उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो,
र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो, अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए।
15 हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे,
र पृथ्‍वीका जगहरू प्रकट भए।
16 उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो।
17 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए।
18 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।
19 उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो।
20 मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।
21 किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।
22 उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्‌,
र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ।
23 उहाँको दृष्‍टिमा म निर्दोष थिएँ,
र दोषबाट मैले आफैलाई अलग्‍ग राखें।
24 परमप्रभुले मेरो धार्मिकताअनुसार
र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ।
25 वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ।
26 शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ।
27 दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ।
28 हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ।
29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु,
र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु।
30 परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ।
31 किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?
32 उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ,
र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।
33 उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ,
र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ।
34 उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।
35 तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ,
र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ।
36 मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ,
र मेरा गोडा चिप्‍लनेछैनन्‌।
37 मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।
38 तिनीहरू उठ्‌न नसक्‍ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे।
39 तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।
40 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो,
र मेरा शत्रुहरूलाई मैले संहार पारें।
41 मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें।
43 मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।
44 मेरो आदेश सुन्‍ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्‌, विदेशीहरू मेरो अगि निहुरिन्‍छन्‌।
45 विदेशीहरू डरले शिथिल हुन्‍छन्‌, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌।
46 परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌।
47 उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्‍छ,
48 उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्‍छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्‍च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।
49 यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंका नाउँको स्‍तुति गाउनेछु।
50 उहाँले आफ्‍ना राजालाई महान्‌ विजय दिनुहुन्‍छ,
र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।
 
 

Psalms 18

God the Sovereign Savior
To the Chief Musician. A Psalm of David the servant of the Lord, who spoke to the Lord the words of this song on the day that the Lord delivered him from the hand of all his enemies and from the hand of Saul. And he said:
1 I will love You, O Lord, my strength.
2 The Lord is my rock and my fortress and my deliverer;
My God, my strength, in whom I will trust;
My shield and the horn of my salvation, my stronghold.
3 I will call upon the Lord, who is worthy to be praised;
So shall I be saved from my enemies.
4 The pangs of death surrounded me,
And the floods of ungodliness made me afraid.
5 The sorrows of Sheol surrounded me;
The snares of death confronted me.
6 In my distress I called upon the Lord,
And cried out to my God;
He heard my voice from His temple,
And my cry came before Him, even to His ears.
7 Then the earth shook and trembled;
The foundations of the hills also quaked and were shaken,
Because He was angry.
8 Smoke went up from His nostrils,
And devouring fire from His mouth;
Coals were kindled by it.
9 He bowed the heavens also, and came down
With darkness under His feet.
10 And He rode upon a cherub, and flew;
He flew upon the wings of the wind.
11 He made darkness His secret place;
His canopy around Him was dark waters
And thick clouds of the skies.
12 From the brightness before Him,
His thick clouds passed with hailstones and coals of fire.
13 The Lord thundered from heaven,
And the Most High uttered His voice,
Hailstones and coals of fire.
14 He sent out His arrows and scattered the foe,
Lightnings in abundance, and He vanquished them.
15 Then the channels of the sea were seen,
The foundations of the world were uncovered
At Your rebuke, O Lord,
At the blast of the breath of Your nostrils.
16 He sent from above, He took me;
He drew me out of many waters.
17 He delivered me from my strong enemy,
From those who hated me,
For they were too strong for me.
18 They confronted me in the day of my calamity,
But the Lord was my support.
19 He also brought me out into a broad place;
He delivered me because He delighted in me.
20 The Lord rewarded me according to my righteousness;
According to the cleanness of my hands
He has recompensed me.
21 For I have kept the ways of the Lord,
And have not wickedly departed from my God.
22 For all His judgments were before me,
And I did not put away His statutes from me.
23 I was also blameless before Him,
And I kept myself from my iniquity.
24 Therefore the Lord has recompensed me according to my righteousness,
According to the cleanness of my hands in His sight.
25 With the merciful You will show Yourself merciful;
With a blameless man You will show Yourself blameless;
26 With the pure You will show Yourself pure;
And with the devious You will show Yourself shrewd.
27 For You will save the humble people,
But will bring down haughty looks.
28 For You will light my lamp;
The Lord my God will enlighten my darkness.
29 For by You I can run against a troop,
By my God I can leap over a wall.
30 As for God, His way is perfect;
The word of the Lord is proven;
He is a shield to all who trust in Him.
31 For who is God, except the Lord?
And who is a rock, except our God?
32 It is God who arms me with strength,
And makes my way perfect.
33 He makes my feet like the feet of deer,
And sets me on my high places.
34 He teaches my hands to make war,
So that my arms can bend a bow of bronze.
35 You have also given me the shield of Your salvation;
Your right hand has held me up,
Your gentleness has made me great.
36You enlarged my path under me,
So  my feet did not slip.
37 I have pursued my enemies and overtaken them;
Neither did I turn back again till they were destroyed.
38 I have wounded them,
So that they could not rise;
They have fallen under my feet.
39 For You have armed me with strength for the battle;
You have subdued under me those who rose up against me.
40 You have also given me the necks of my enemies,
So that I destroyed those who hated me.
41 They cried out, but there was none to save;
Even to the Lord, but He did not answer them.
42 Then I beat them as fine as the dust before the wind;
I cast them out like dirt in the streets.
43 You have delivered me from the strivings of the people;
You have made me the head of the nations;
A people I have not known shall serve me.
44 As soon as they hear of me they obey me;
The foreigners submit to me.
45 The foreigners fade away,
And come frightened from their hideouts.
46 The Lord lives!
Blessed be my Rock!
Let the God of my salvation be exalted.
47 It is God who avenges me,
And subdues the peoples under me;
48 He delivers me from my enemies.
You also lift me up above those who rise against me;
You have delivered me from the violent man.
49 Therefore I will give thanks to You, O Lord, among the Gentiles,
And sing praises to Your name.
50 Great deliverance He gives to His king,
And shows mercy to His anointed,
To David and his descendants forevermore.
 
 
 

 

Post a Comment

Previous Post Next Post