Psalms 34 - Psalms 34 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 34 - Psalms 34 MP3 Download

 


भजनसंग्रह 34

परमेश्‍वरका भलाइको निम्‍ति स्‍तुतिगान
दाऊदको भजन
1 हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ।
2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्‍टमा परेकाहरू यो सुनेर खुशी होऊन्‌।
3 मसँगसँगै परमप्रभुको महिमा गर,
र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं!
4 मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
5 उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌,
र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌।
6 यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो,
र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो।
7 परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌,
र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।
8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।
9 हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।
10 जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।
11 आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु।
12 तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ,
र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने—
13 आफ्‍नो जिब्रोलाई खराबीबाट
र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।
14 खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।
15 परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ,
र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।
16 परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ,
र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ,
र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।
20 परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।
21 खराबीले दुष्‍टलाई नष्‍ट पार्दछ,
र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्‌।
22 परमप्रभुले आफ्‍ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्‍छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।
 

Psalms 34

The Happiness of Those Who Trust in God
A Psalm of David when he pretended madness before Abimelech, who drove him away, and he departed.
1 I will bless the Lord at all times;
His praise shall continually be in my mouth.
2 My soul shall make its boast in the Lord;
The humble shall hear of it and be glad.
3 Oh, magnify the Lord with me,
And let us exalt His name together.
4 I sought the Lord, and He heard me,
And delivered me from all my fears.
5 They looked to Him and were radiant,
And their faces were not ashamed.
6 This poor man cried out, and the Lord heard him,
And saved him out of all his troubles.
7 The angel of the Lord encamps all around those who fear Him,
And delivers them.
8 Oh, taste and see that the Lord is good;
Blessed is the man who trusts in Him!
9 Oh, fear the Lord, you His saints!
There is no want to those who fear Him.
10 The young lions lack and suffer hunger;
But those who seek the Lord shall not lack any good thing.
11 Come, you children, listen to me;
I will teach you the fear of the Lord.
12 Who is the man who desires life,
And loves many days, that he may see good?
13 Keep your tongue from evil,
And your lips from speaking deceit.
14 Depart from evil and do good;
Seek peace and pursue it.
15 The eyes of the Lord are on the righteous,
And His ears are open to their cry.
16 The face of the Lord is against those who do evil,
To cut off the remembrance of them from the earth.
17 The righteous cry out, and the Lord hears,
And delivers them out of all their troubles.
18 The Lord is near to those who have a broken heart,
And saves such as have a contrite spirit.
19 Many are the afflictions of the righteous,
But the Lord delivers him out of them all.
20 He guards all his bones;
Not one of them is broken.
21 Evil shall slay the wicked,
And those who hate the righteous shall be condemned.
22 The Lord redeems the soul of His servants,
And none of those who trust in Him shall be condemned.
 

 

Post a Comment

Previous Post Next Post