Psalms 41 The Blessing and Suffering of the Godly

LISTEN MP3 HERE & DOWNLOAD

भजनसंग्रह 41

बिरामी मानिसको प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1 त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ।
2 परमप्रभुले त्‍यसको रक्षा गर्नुहुनेछ,
र त्‍यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्‍यसलाई पृथ्‍वीमा आशिष्‌ दिनुहुनेछ, अनि त्‍यसलाई त्‍यसका शत्रुहरूको इच्‍छामा छोड्‌नुहुनेछैन।
3 परमप्रभुले त्‍यसलाई त्‍यसको बिरामीको ओछ्यानमा सम्‍हाल्‍नुहुनेछ, अनि त्‍यसलाई फेरि स्‍वास्‍थ्‍य प्रदान गर्नुहुनेछ।
4 मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
5 मेरा शत्रुहरू द्वेषसाथ यसो भन्‍छन्‌, “त्‍यो कहिले मर्ला, र त्‍यसको नाउँनिशानै मेटिएला?”
6 जब मलाई हेर्न कोही आउँछ, त्‍यसले झूटो कुरा बोल्‍छ, र त्‍यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्‍यसले मेरो निन्‍दाका कुरा फैलाउँछ।
7 मलाई घृणा गर्नेहरू सबै जम्‍मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्‌, मेरो विरुद्धमा तिनीहरू यसो भन्‍दै मेरो अनिष्‍ट चिताउँछन्‌:
8 “त्‍यसलाई घातक रोगले पक्रेको छ, त्‍यो जहाँ पस्रेको छ त्‍यहाँबाट उठ्‌नेछैन।”
9 मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ।
10 तर हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्‌, मलाई खड़ा गर्नुहोस्‌, र म तिनीहरूसँग बदला चुकाउन सकूँ।
11 म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन।
12 मेरो सत्‍यनिष्‍ठामा तपाईंले मलाई सम्हाल्‍नुहुन्‍छ,
र सदासर्वदा तपाईंको उपस्‍थितिमा मलाई राख्‍नुहुन्‍छ।
13 इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌, आमेन अनि आमेन।

 

Psalms 41

The Blessing and Suffering of the Godly
To the Chief Musician. A Psalm of David.
1 Blessed is he who considers the poor;
The Lord will deliver him in time of trouble.
2 The Lord will preserve him and keep him alive,
And he will be blessed on the earth;
You will not deliver him to the will of his enemies.
3 The Lord will strengthen him on his bed of illness;
You will sustain him on his sickbed.
4 I said, “Lord, be merciful to me;
Heal my soul, for I have sinned against You.”
5 My enemies speak evil of me:
“When will he die, and his name perish?”
6 And if he comes to see me, he speaks lies;
His heart gathers iniquity to itself;
When he goes out, he tells it.
7 All who hate me whisper together against me;
Against me they devise my hurt.
8 “An evil disease,” they say, “clings to him.
And now that he lies down, he will rise up no more.”
9 Even my own familiar friend in whom I trusted,
Who ate my bread,
Has lifted up his heel against me.
10 But You, O Lord, be merciful to me, and raise me up,
That I may repay them.
11 By this I know that You are well pleased with me,
Because my enemy does not triumph over me.
12 As for me, You uphold me in my integrity,
And set me before Your face forever.
13 Blessed be the Lord God of Israel
From everlasting to everlasting!
Amen and Amen.

 

Post a Comment

Previous Post Next Post