Psalms 42 Yearning for God in the Midst of Distresses

LISTEN MP3 HERE & DOWNLOAD

 

भजनसंग्रह 42

दोस्रो खण्‍ड (४२-७२)
परमप्रभुको तृष्‍णा
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीहरूको मस्‍किल
1 जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।
2 मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?
3 मेरो आँसु रातदिन मेरो आहार बनेको छ,
र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”
4 मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ:
म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष
र धन्‍यवादसाथ जाने,
र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें।
5 हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु।
उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।
6 अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन
र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु।
7 तपाईंका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईंका सम्‍पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्‌।
8 परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्‍छ,
र राती उहाँको भजन मसित हुन्‍छ, जो मेरो जीवनका परमेश्‍वरलाई प्रार्थना हो।
9 मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?”
10 मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”
11 हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

Psalms 42

BOOK TWO: Psalms 42—72
Yearning for God in the Midst of Distresses
To the Chief Musician. A Contemplation of the sons of Korah.
1 As the deer pants for the water brooks,
So pants my soul for You, O God.
2 My soul thirsts for God, for the living God.
When shall I come and appear before God?
3 My tears have been my food day and night,
While they continually say to me,
“Where is your God?”
4 When I remember these things,
I pour out my soul within me.
For I used to go with the multitude;
I went with them to the house of God,
With the voice of joy and praise,
With a multitude that kept a pilgrim feast.
5 Why are you cast down, O my soul?
And why are you disquieted within me?
Hope in God, for I shall yet praise Him
For the help of His countenance.
6 O my God, my soul is cast down within me;
Therefore I will remember You from the land of the Jordan,
And from the heights of Hermon,
From the Hill Mizar.
7 Deep calls unto deep at the noise of Your waterfalls;
All Your waves and billows have gone over me.
8 The Lord will command His lovingkindness in the daytime,
And in the night His song shall be with me—
A prayer to the God of my life.
9 I will say to God my Rock,
“Why have You forgotten me?
Why do I go mourning because of the oppression of the enemy?”
10 As with a breaking of my bones,
My enemies reproach me,
While they say to me all day long,
“Where is your God?”
11 Why are you cast down, O my soul?
And why are you disquieted within me?
Hope in God;
For I shall yet praise Him,
The help of my countenance and my God.

Post a Comment

Previous Post Next Post