Psalms 43 Prayer to God in Time of Trouble

LISTEN MP3 HERE & DOWNLOAD

 

भजनसंग्रह 43

न्‍याय र मुक्तिको निम्‍ति प्रार्थना
1 हे मेरा परमेश्‍वर, मेरो निर्दोषता साबित गरिदिनुहोस्‌,
र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्‌। मलाई छल गर्ने र दुष्‍ट मानिसहरूबाट छुटाउनुहोस्‌।
2 तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो किल्‍ला। मलाई किन तपाईंले त्‍याग्‍नुभएको छ? मलाई किन शत्रुहरूको अत्‍याचारमा परी विलाप गर्दै हिँड्‌नुपर्छ?
3 तपाईंको ज्‍योति र तपाईंको सत्‍यता पठाइदिनुहोस्‌, तिनैले मलाई डोर्‍याऊन्‌, तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा, त्‍यो वासस्‍थानमा पुर्‍याऊन्‌, जहाँ तपाईं वास गर्नुहुन्‍छ।
4 तब म परमेश्‍वरको वेदीमा जानेछु, मेरा परमेश्‍वरकहाँ, जो मेरो अति आनन्‍द र हर्ष हुनुहुन्‍छ। म वीणा बजाउँदै तपाईंको स्‍तुति गर्नेछु,
हे परमेश्‍वर, मेरा परमेश्‍वर।
5 हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌?
र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

Psalms 43

Prayer to God in Time of Trouble
1 Vindicate me, O God,
And plead my cause against an ungodly nation;
Oh, deliver me from the deceitful and unjust man!
2 For You are the God of my strength;
Why do You cast me off?
Why do I go mourning because of the oppression of the enemy?
3 Oh, send out Your light and Your truth!
Let them lead me;
Let them bring me to Your holy hill
And to Your tabernacle.
4 Then I will go to the altar of God,
To God my exceeding joy;
And on the harp I will praise You,
O God, my God.
5 Why are you cast down, O my soul?
And why are you disquieted within me?
Hope in God;
For I shall yet praise Him,
The help of my countenance and my God.

Post a Comment

Previous Post Next Post