Psalms 6 MP3 Download - Bhajansangraha Bhajan 6 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 6 MP3 Download - Bhajansangraha Bhajan 6 MP3 Download

 


भजनसंग्रह 6

सङ्कष्‍टमा कृपाको निम्‍ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा शिमिनिथअनुसार दाऊदको भजन
1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्‌।
2 ममाथि दया गर्नुहोस्‌, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्‌, किनकि मेरा हाड़हरूमा पीडा छ।
3 मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्‍म, हे परमप्रभु, कहिलेसम्‍म पर्खनु?
4 मतिर फर्कनुहोस्‌, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्‌। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्‌।
5 मृत्‍युमा तपाईंको सम्‍झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्‍छ र?
6 आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।
7 शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्‌।
8 हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ।
9 परमप्रभुले कृपाको निम्‍ति मेरो पुकार सुन्‍नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्‍छ।
10 मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्‌,
र ज्‍यादै घबराउनेछन्‌,
र पलभरमा लज्‍जित भएर पछि हट्‌नेछन्‌।
 
 
DOWNLOAD MP3
To Download MP3 Click on Picture
 

Psalms 6

A Prayer of Faith in Time of Distress
To the Chief Musician. With stringed instruments. On an eight-stringed harp. A Psalm of David.
1 O Lord, do not rebuke me in Your anger,
Nor chasten me in Your hot displeasure.
2 Have mercy on me, O Lord, for I am weak;
O Lord, heal me, for my bones are troubled.
3 My soul also is greatly troubled;
But You, O Lord—how long?
4 Return, O Lord, deliver me!
Oh, save me for Your mercies’ sake!
5 For in death there is no remembrance of You;
In the grave who will give You thanks?
6 I am weary with my groaning;
All night I make my bed swim;
I drench my couch with my tears.
7 My eye wastes away because of grief;
It grows old because of all my enemies.
8 Depart from me, all you workers of iniquity;
For the Lord has heard the voice of my weeping.
9 The Lord has heard my supplication;
The Lord will receive my prayer.
10 Let all my enemies be ashamed and greatly troubled;
Let them turn back and be ashamed suddenly.

 

Post a Comment

Previous Post Next Post