LISTEN MP3 HERE & DOWNLOAD
Psalms 7 MP3 Download - Bhajansangraha Bhajan 7 MP3 Download
भजनसंग्रह 7
न्यायको निम्ति प्रार्थना
बेन्यामीनी कूशको विषयमा दाऊदले परमप्रभुको सामुन्ने गाएको शिग्गायोन नामक भजन
1 हे परमप्रभु मेरा परमेश्वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्,
2 नत्रता सिंहले झैँ तिनीहरूले मलाई फहराउनेछन्,
र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।
3 हे परमप्रभु मेरा परमेश्वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने—
4 यदि आफ्नो मित्रलाई मैले खराबी गरेको छु भने,
र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए,
5 मेरो शत्रुले मलाई खेदेर भेट्टाओस्,
र त्यसले मेरो शरीर भूइँमा कुल्चीमिल्ची पारोस्,
र मेरो प्राण धूलोमा मिलाइदेओस्।
6 हे परमप्रभु, आफ्नो कोपमा उठ्नुहोस्,
र मेरा शत्रुहरूका प्रकोपको विरुद्ध तपाईं आफै खड़ा हुनुहोस्। हे मेरा परमेश्वर, जाग्नुहोस्, र न्यायको आदेश दिनुहोस्।
7 जाति-जातिहरू तपाईंको वरिपरि एकत्र होऊन्,
र तिनीहरूमाथि उच्च स्थानबाट राज गर्नुहोस्।
8 परमप्रभुले
सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो
निर्दोषताअनुसार मेरो न्याय गर्नुहोस्, हे सर्वोच्च परमेश्वर।
9 हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्।
10 मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ।
11 परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ।
12 यदि मानिसले पश्चात्ताप गरेन भनेता, उहाँले आफ्नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुहुनेछ।
13 उहाँले आफ्ना घातक शस्त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्ना काँड़हरूलाई अग्निबाण तुल्याउनुहुन्छ।
14 जसको कल्पना दुष्टताले पूर्ण छ,
र उपद्र्याइँ सोच्दछ, त्यसले भ्रमलाई जन्म दिन्छ।
15 जसले खनेर एउटा खाल्डो बनाउँछ, त्यसले खनेको खाल्डोभित्र त्यो आफै जाकिन्छ।
16 त्यसको उपद्र्याइँ त्यसको आफ्नै टाउकोमा खनिन्छ, त्यसको अत्याचार त्यसकै थाप्लोमाथि ओइरिन्छ।
17 परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढ़ाउनेछु,
र सर्वोच्च परमप्रभुको स्तुति म गाउनेछु।
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 7
Prayer and Praise for Deliverance from Enemies
A Meditation of David, which he sang to the Lord concerning the words of Cush, a Benjamite.
1 O Lord my God, in You I put my trust;
Save me from all those who persecute me;
And deliver me,
2 Lest they tear me like a lion,
Rending me in pieces, while there is none to deliver.
3 O Lord my God, if I have done this:
If there is iniquity in my hands,
4 If I have repaid evil to him who was at peace with me,
Or have plundered my enemy without cause,
5 Let the enemy pursue me and overtake me;
Yes, let him trample my life to the earth,
And lay my honor in the dust.
Selah
6 Arise, O Lord, in Your anger;
Lift Yourself up because of the rage of my enemies;
Rise up for me to the judgment You have commanded!
7 So the congregation of the peoples shall surround You;
For their sakes, therefore, return on high.
8 The Lord shall judge the peoples;
Judge me, O Lord, according to my righteousness,
And according to my integrity within me.
9 Oh, let the wickedness of the wicked come to an end,
But establish the just;
For the righteous God tests the hearts and minds.
10 My defense is of God,
Who saves the upright in heart.
11 God is a just judge,
And God is angry with the wicked every day.
12 If he does not turn back,
He will sharpen His sword;
He bends His bow and makes it ready.
13 He also prepares for Himself instruments of death;
He makes His arrows into fiery shafts.
14 Behold, the wicked brings forth iniquity;
Yes, he conceives trouble and brings forth falsehood.
15 He made a pit and dug it out,
And has fallen into the ditch which he made.
16 His trouble shall return upon his own head,
And his violent dealing shall come down on his own crown.
17 I will praise the Lord according to His righteousness,
And will sing praise to the name of the Lord Most High.