LISTEN MP3 HERE & DOWNLOAD
Psalms 8 MP3 Download - Bhajansangraha Bhajan 8 MP3 Download
भजनसंग्रह 8
परमेश्वरको महिमा र मानिसको मर्यादा
सङ्गीत-निर्देशकको निम्ति गित्तितअनुसार दाऊदको भजन
1 हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ।
2 शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
3 जब म तपाईंको हातले बनाएको आकाशलाई,
र तपाईंले स्थापित गर्नुभएका जून
र ताराहरूमाथि विचार गर्छु,
4 मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
5 तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो,
र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
6 आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ—
7 सबै भेड़ाबाख्रा र गाई-गोरु
र वनका सबै पशुहरू,
8 आकाशका पक्षीहरू र समुद्रका माछाहरू
र समुद्रभित्र पौड़ने सबै जन्तुहरू।
9 हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ!
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 8
The Glory of the Lord in Creation
To the Chief Musician. On the instrument of Gath. A Psalm of David.
1 O Lord, our Lord,
How excellent is Your name in all the earth,
Who have set Your glory above the heavens!
2 Out of the mouth of babes and nursing infants
You have ordained strength,
Because of Your enemies,
That You may silence the enemy and the avenger.
3 When I consider Your heavens, the work of Your fingers,
The moon and the stars, which You have ordained,
4 What is man that You are mindful of him,
And the son of man that You visit him?
5 For You have made him a little lower than the angels,
And You have crowned him with glory and honor.
6 You have made him to have dominion over the works of Your hands;
You have put all things under his feet,
7 All sheep and oxen—
Even the beasts of the field,
8 The birds of the air,
And the fish of the sea
That pass through the paths of the seas.
9 O Lord, our Lord,
How excellent is Your name in all the earth!