LISTEN MP3 HERE & DOWNLOAD
Psalms 9 MP3 Download - Bhajansangraha Bhajan 9 MP3 Download
भजनसंग्रह 9
परमेश्वरको धार्मिक न्याय
सङ्गीत-निर्देशकको निम्ति “पुत्रको मृत्यु” को रागअनुसार दाऊदको भजन
1 हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्चर्यकर्महरूको वर्णन म गर्नेछु।
2 म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु।
3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्, तिनीहरू तपाईंको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्।
4 किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ।
5 जाति-जातिहरूलाई तपाईंले हप्काउनुभएको छ
र दुष्टहरूलाई नष्ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ।
6 शत्रुहरूमाथि अनन्त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ।
7 परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ। उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ।
8 र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ।
9 थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरणस्थान।
10 तपाईंको
नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईंमा राख्छन्, किनकि हे
परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।
11 सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।
12 किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ। सङ्कष्टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्ता गर्नुहुन्न।
13 हे
परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। हेर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट
मैले कस्तो कष्ट भोग्नुपरेको छ। तपाईंले नै मलाई मृत्युको मुखबाट
छुटाउनुहोस्,
14 र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ,
र त्यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ।
15 जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्।
16 परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ। दुष्टहरूचाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्। (हिग्गायोन) सेला
17 दुष्टहरूचाहिँ पातालमै फर्केर जानेछन्, सबै जातिहरू, जसले परमेश्वरलाई बिर्सन्छन्।
18 तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्यै चकनाचूर हुनेछैन।
19 हे परमप्रभु, उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्। जाति-जातिहरूको न्याय तपाईंको सामुन्ने होस्।
20 हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्याउनुहोस्। तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाऊन्। सेला
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 9
Prayer and Thanksgiving for the Lord’s Righteous Judgments
To the Chief Musician. To the tune of “Death of the Son.” A Psalm of David.
1 I will praise You, O Lord, with my whole heart;
I will tell of all Your marvelous works.
2 I will be glad and rejoice in You;
I will sing praise to Your name, O Most High.
3 When my enemies turn back,
They shall fall and perish at Your presence.
4 For You have maintained my right and my cause;
You sat on the throne judging in righteousness.
5 You have rebuked the nations,
You have destroyed the wicked;
You have blotted out their name forever and ever.
6 O enemy, destructions are finished forever!
And you have destroyed cities;
Even their memory has perished.
7 But the Lord shall endure forever;
He has prepared His throne for judgment.
8 He shall judge the world in righteousness,
And He shall administer judgment for the peoples in uprightness.
9 The Lord also will be a refuge for the oppressed,
A refuge in times of trouble.
10 And those who know Your name will put their trust in You;
For You, Lord, have not forsaken those who seek You.
11 Sing praises to the Lord, who dwells in Zion!
Declare His deeds among the people.
12 When He avenges blood, He remembers them;
He does not forget the cry of the humble.
13 Have mercy on me, O Lord!
Consider my trouble from those who hate me,
You who lift me up from the gates of death,
14 That I may tell of all Your praise
In the gates of the daughter of Zion.
I will rejoice in Your salvation.
15 The nations have sunk down in the pit which they made;
In the net which they hid, their own foot is caught.
16 The Lord is known by the judgment He executes;
The wicked is snared in the work of his own hands.
Meditation.
Selah
17 The wicked shall be turned into hell,
And all the nations that forget God.
18 For the needy shall not always be forgotten;
The expectation of the poor shall not perish forever.
19 Arise, O Lord,
Do not let man prevail;
Let the nations be judged in Your sight.
20 Put them in fear, O Lord,
That the nations may know themselves to be but men.
Selah