भजनसंग्रह 46
परमेश्वर हाम्रो शरणस्थान र शक्ति
सङ्गीत-निर्देशकको निम्ति अलामोत नामक कोरहवंशीको भजन
1 परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता।
2 यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी उथलपुथल होस्, वा पर्वतहरू समुद्रको गर्भमा खसून्,
3चाहे समुद्र गर्जोस् र फीँज काढ़ोस्,
र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
4एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको नगर, अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ।
5परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्नेछैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।
6जाति-जातिहरूमा कोलाहल छ, राज्यहरू पतन हुन्छन्, उहाँले आफ्नो सोर उचाल्नुहुन्छ, पृथ्वी पग्लन्छ।
7सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
8आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा ल्याउनुभएको उजाड अवस्था।
9उहाँले
पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु
भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई
आगोले भस्म पार्नुहुन्छ।
10“शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।”
11सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
Psalms 46
God the Refuge of His People and Conqueror of the Nations
To the Chief Musician. A Psalm of the sons of Korah. A Song for Alamoth.
1God is our refuge and strength,
A very present help in trouble.
2Therefore we will not fear,
Even though the earth be removed,
And though the mountains be carried into the midst of the sea;
3Though its waters roar and be troubled,
Though the mountains shake with its swelling.
Selah
4There is a river whose streams shall make glad the city of God,
The holy place of the tabernacle of the Most High.
5God is in the midst of her, she shall not be moved;
God shall help her, just at the break of dawn.
6The nations raged, the kingdoms were moved;
He uttered His voice, the earth melted.
7The Lord of hosts is with us;
The God of Jacob is our refuge.
Selah
8Come, behold the works of the Lord,
Who has made desolations in the earth.
9He makes wars cease to the end of the earth;
He breaks the bow and cuts the spear in two;
He burns the chariot in the fire.
10Be still, and know that I am God;
I will be exalted among the nations,
I will be exalted in the earth!
11The Lord of hosts is with us;
The God of Jacob is our refuge.
Selah