Psalms 47 Praise to God, the Ruler of the Earth

 

भजनसंग्रह 47
परमप्रभु सारा पृथ्‍वीका राजा
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन
1हे सबै जाति हो, ताली बजाओ, उच्‍च स्‍वरले परमेश्‍वरको जय-जयकार गर।
2सर्वोच्‍च परमप्रभु कस्‍तो भययोग्‍य हुनुहुन्‍छ, सारा पृथ्‍वीका महान्‌ राजा!
3उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्‍याउनुभयो,
र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो।
4उहाँले हाम्रा निम्‍ति उत्तराधिकार छान्‍नुभयो, याकूबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्‍थ्‍यो। सेला
5परमेश्‍वर आनन्‍दको ध्‍वनिसाथ माथि उक्‍लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ।
6परमेश्‍वरको प्रशंसा गाओ, स्‍तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्‍तुति गाओ।
7किनकि सारा पृथ्‍वीका राजा परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँको निम्‍ति प्रशंसाको एउटा भजन गाओ।
8परमेश्‍वर जाति-जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ, परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्‍छ।
9अब्राहामका परमेश्‍वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्‌, किनकि पृथ्‍वीका राजाहरू परमेश्‍वरकै हातमा छन्‌। उहाँ अति उच्‍च हुनुहुन्‍छ।
 
Psalms 47
Praise to God, the Ruler of the Earth
To the Chief Musician. A Psalm of the sons of Korah.
1Oh, clap your hands, all you peoples!
Shout to God with the voice of triumph!
2For the Lord Most High is awesome;
He is a great King over all the earth.
3He will subdue the peoples under us,
And the nations under our feet.
4He will choose our inheritance for us,
The excellence of Jacob whom He loves.
Selah
5God has gone up with a shout,
The Lord with the sound of a trumpet.
6Sing praises to God, sing praises!
Sing praises to our King, sing praises!
7For God is the King of all the earth;
Sing praises with understanding.
8God reigns over the nations;
God sits on His holy throne.
9The princes of the people have gathered together,
The people of the God of Abraham.
For the shields of the earth belong to God;
He is greatly exalted.
 

 
 

Post a Comment

Previous Post Next Post