Psalms 49 The Confidence of the Foolish

 

भजनसंग्रह 49

धन-सम्‍पत्तिमाथिका भरोसाको मूर्खता
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन
1हे सबै मानिसहरू हो, सुन, संसारका सबै निवासीहरू हो, सुन,
2उच्‍च र नीच, धनी र गरीब सबै ध्‍यान देओ:
3मेरो मुखले बुद्धिका कुरा बोल्‍नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ।
4म एउटा हितोपदेशमा ध्‍यान दिनेछु, वीणा बजाएर म आफ्‍नो अड्‌को फुकाउनेछु।
5दु:खका दिन आउँदा, अनि खेदो गर्नेहरूको दुष्‍टताले मलाई घेर्दा म किन डराउने?
6तिनीहरू आफ्‍नो सम्‍पत्तिमाथि भरोसा राख्‍छन्‌,
र आफ्‍नो ठूलो धनराशिको अहङ्कार गर्छन्‌,
7कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्‍दैन, वा परमेश्‍वरलाई उसको जीवनको मोल त्‍यसले दिन सक्‍दैन।
8जीवनको मोल बहुमूल्‍य हुन्‍छ, कुनै भुक्तानी कहिल्‍यै यथेष्‍ट हुँदैन।
9यस्‍तो कोही छैन जो सधैँ बाँचिरहन्‍छ,
र कहिल्‍यै कुहुनुपर्दैन।
10किनकि सबैले देख्‍न सक्‍छन्‌ कि बुद्धिमान्‌ मानिस पनि मर्दारहेछन्‌, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्‍ट हुन्‍छन्‌,
र तिनीहरूले आफ्‍ना धन-सम्‍पत्ति अरूहरूका लागि छोड्‌छन्‌।
11तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्‍छन्‌, पुस्‍तौँसम्‍म ती तिनीहरूका वासस्‍थान हुनेछन्‌, यद्यपि तिनीहरूले आफ्‍नै नाउँमा जमिनको नाउँ राखेका थिए।
12तर मानिस आफूसँग धन-सम्‍पत्ति भए पनि टिकिरहन सक्‍दैन, त्‍यो त नष्‍ट हुने पशुतुल्‍य छ।
13आफूमाथि भर पर्नेहरूको गति यस्‍तै हुन्‍छ,
र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्‍नेहरूको गति पनि यस्‍तै हुन्‍छ। सेला
14तिनीहरूको अन्‍त्‍य भेड़ाको जस्‍तै चिहानमा हुन्‍छ, मृत्‍युले तिनीहरूलाई निल्‍नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्‌, तिनीहरूका राजकीय महलदेखि टाढ़ामा तिनीहरूका देह चिहानमा कुहेर जानेछन्‌।
15तर परमेश्‍वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्‍चय नै ग्रहण गर्नुहुनेछ। सेला
16कोही धनी भयो र त्‍यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ।
17किनकि त्‍यो मर्दा त्‍यसले आफूसँग केही पनि लैजानेछैन, त्‍यसको गौरव त्‍यसको पछिपछि जानेछैन।
18त्‍यो बाँचुञ्‍जेल आफूलाई त्‍यसले धन्‍यको ठान्‍यो— कारण मानिसहरूले कोही मानिसको उन्‍नति हुँदा त्‍यसको प्रशंसा गर्छन्‌—
19तापनि त्‍यो आफ्‍नो पिता-पुर्खाको पुस्‍तामा मिल्‍न जानेछ, जसले फेरि कहिल्‍यै जीवनको ज्‍योति देख्‍नेछैनन्‌।
20समझशक्ति नभएको धनी मानिस नष्‍ट हुने पशुतुल्‍य हो।
 

 
 
Psalms 49
The Confidence of the Foolish
To the Chief Musician. A Psalm of the sons of Korah.
1Hear this, all peoples;
Give ear, all inhabitants of the world,
2Both low and high,
Rich and poor together.
3My mouth shall speak wisdom,
And the meditation of my heart shall give understanding.
4I will incline my ear to a proverb;
I will disclose my dark saying on the harp.
5Why should I fear in the days of evil,
When the iniquity at my heels surrounds me?
6Those who trust in their wealth
And boast in the multitude of their riches,
7None of them can by any means redeem his brother,
Nor give to God a ransom for him—
8For the redemption of their souls is costly,
And it shall cease forever—
9That he should continue to live eternally,
And not see the Pit.
10For he sees wise men die;
Likewise the fool and the senseless person perish,
And leave their wealth to others.
11Their inner thought is that their houses will last forever,
Their dwelling places to all generations;
They call their lands after their own names.
12Nevertheless man, though in honor, does not remain;
He is like the beasts that perish.
13This is the way of those who are foolish,
And of their posterity who approve their sayings.
Selah
14Like sheep they are laid in the grave;
Death shall feed on them;
The upright shall have dominion over them in the morning;
And their beauty shall be consumed in the grave, far from their dwelling.
15But God will redeem my soul from the power of the grave,
For He shall receive me.
Selah
16Do not be afraid when one becomes rich,
When the glory of his house is increased;
17For when he dies he shall carry nothing away;
His glory shall not descend after him.
18Though while he lives he blesses himself
(For men will praise you when you do well for yourself),
19He shall go to the generation of his fathers;
They shall never see light.
20A man who is in honor, yet does not understand,
Is like the beasts that perish.
 

Post a Comment

Previous Post Next Post