LISTEN MP3 HERE & DOWNLOAD
Psalms 21 MP3 Download - Bhajansangraha Bhajan 21 MP3 Download
भजनसंग्रह 21
विजयको निम्ति धन्यवाद
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन
1 हे परमप्रभु, तपाईंकै सामर्थ्यमा राजा आनन्दित छन्,
र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्।
2 तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ,
र उनका मुखको बिन्ती तपाईंले इन्कार गर्नुभएको छैन। सेला
3 तपाईंले उत्तम आशिष् लिएर उनलाई स्वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो।
4 उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।
5 तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान् छ। तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ।
6 साँच्चै तपाईंले उनलाई अनन्तको आशिष् दिनुहुन्छ, अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ।
7 किनभने राजाले परमप्रभुमा भरोसा राख्छन्,
र सर्वोच्च परमेश्वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्नेछैनन्।
8 तपाईंकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजिनिकाल्नेछ,
र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ।
9 तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्कने भट्टीझैँ तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ,
र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ।
10 तपाईंले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ,
र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट।
11 तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने,
र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्।
12 किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ।
13 हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईं उच्च हुनुहोस्। हामी तपाईंका पराक्रमको भजन र स्तुति गाउनेछौं।
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 21
Joy in the Salvation of the Lord
To the Chief Musician. A Psalm of David.
1 The king shall have joy in Your strength, O Lord;
And in Your salvation how greatly shall he rejoice!
2 You have given him his heart’s desire,
And have not withheld the request of his lips.
Selah
3 For You meet him with the blessings of goodness;
You set a crown of pure gold upon his head.
4 He asked life from You, and You gave it to him—
Length of days forever and ever.
5 His glory is great in Your salvation;
Honor and majesty You have placed upon him.
6 For You have made him most blessed forever;
You have made him exceedingly glad with Your presence.
7 For the king trusts in the Lord,
And through the mercy of the Most High he shall not be moved.
8 Your hand will find all Your enemies;
Your right hand will find those who hate You.
9 You shall make them as a fiery oven in the time of Your anger;
The Lord shall swallow them up in His wrath,
And the fire shall devour them.
10 Their offspring You shall destroy from the earth,
And their descendants from among the sons of men.
11 For they intended evil against You;
They devised a plot which they are not able to perform.
12 Therefore You will make them turn their back;
You will make ready Your arrows on Your string toward their faces.
13 Be exalted, O Lord, in Your own strength!
We will sing and praise Your power.