Psalms 22 MP3 Download - Bhajansangraha Bhajan MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 22 MP3 Download - Bhajansangraha Bhajan MP3 Download

 


भजनसंग्रह 22
 
सङ्कष्‍टमा पुकार र प्रशंसाको भजन
सङ्गीत-निर्देशकको निम्‍ति “प्रभातको हरिणी” को रागअनुसार दाऊदको भजन
 
1 हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?
2 हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्‍न। राती पनि म शान्‍त बन्‍दिनँ।
3 तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्‍छ।
4 हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो।
5 तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्‌।
6 तर म त एउटा कीरा मात्र हुँ, मानिस होइनँ, मानिसहरूद्वारा उपेक्षित, र लोकद्वारा तुच्‍छ गनिएको।
7 मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌।
तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,
8 “त्‍यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्‍यसलाई उहाँले नै छुटाऊन्‌। उहाँले नै त्‍यसको उद्धार गरून्‌, किनकि त्‍यससँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”
9 तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्‍याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्‍ने बनाउनुभयो।
10 मेरो जन्‍मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्‍म दिएदेखि तपाईं मेरा परमेश्‍वर हुनुभएको छ।
11 मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ,
र मलाई गोहार गर्ने कोही छैन।
12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।
13 आफ्‍नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्‍ना मुख बाउँछन्‌।
14 म त पानीझैँ पोखिएको छु,
र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌। मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ।
15 माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ,
र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ।
16 कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌।
17 मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌।
18 तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌,
र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌।
19 तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्‌! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्‌!
20 मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्‍य ज्‍यानलाई कुकुरहरूका पन्‍जाबाट उद्धार गर्नुहोस्‌।
21 सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्‌,
र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्‌।
22 म मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।
23 परमप्रभुको भय मान्‍नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्‍तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्‍तान हो, उहाँको भक्ति गर।
24 किनकि उहाँले पीडितको दु:खलाई तुच्‍छ ठान्‍नुभएको छैन, न घृणाको दृष्‍टिले हेर्नुभएको छ। उहाँले आफ्‍नो मुहार त्‍यसबाट लुकाउनुभएको छैन,
तर त्‍यसले सहायताको निम्‍ति पुकारा गर्दा उहाँले सुन्‍नुभएको छ।
25 ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्‍छ, तपाईंको डर राख्‍नेहरूका सामुन्‍ने म आफ्‍नो भाकल पूरा गर्नेछु।
26 गरीबहरू खाएर तृप्‍त हुनेछन्‌, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्‌। तिमीहरूका हृदय सदा जीवित रहून्‌!
27 समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌,
र परमप्रभुतिर फर्कनेछन्‌। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।
28 किनभने राज्‍य त परमप्रभुकै हो,
र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्‍छ।
29 पृथ्‍वीका सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌, जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलिजानेछन्‌, ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।
30 भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परमप्रभुको बारेमा बताइनेछ।
31 अहिलेसम्‍म जन्‍म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌— किनकि उहाँले यो गर्नुभएको छ।
 
DOWNLOAD MP3
To Download MP3 Click on Picture
 

Psalms 22

The Suffering, Praise, and Posterity of the Messiah
To the Chief Musician. Set to “The Deer of the Dawn.” A Psalm of David.
 
1 My God, My God, why have You forsaken Me?
Why are You so far from helping Me,
And from the words of My groaning?
2 O My God, I cry in the daytime, but You do not hear;
And in the night season, and am not silent.
3 But You are holy,
Enthroned in the praises of Israel.
4 Our fathers trusted in You;
They trusted, and You delivered them.
5 They cried to You, and were delivered;
They trusted in You, and were not ashamed.
6 But I am a worm, and no man;
A reproach of men, and despised by the people.
7 All those who see Me ridicule Me;
They shoot out the lip, they shake the head, saying,
8 “He trusted in the Lord, let Him rescue Him;
Let Him deliver Him, since He delights in Him!”
9 But You are He who took Me out of the womb;
You made Me trust while on My mother’s breasts.
10 I was cast upon You from birth.
From My mother’s womb
You have been My God.
11 Be not far from Me,
For trouble is near;
For there is none to help.
12 Many bulls have surrounded Me;
Strong bulls of Bashan have encircled Me.
13 They gape at Me with their mouths,
Like a raging and roaring lion.
14 I am poured out like water,
And all My bones are out of joint;
My heart is like wax;
It has melted within Me.
15 My strength is dried up like a potsherd,
And My tongue clings to My jaws;
You have brought Me to the dust of death.
16 For dogs have surrounded Me;
The congregation of the wicked has enclosed Me.
They pierced My hands and My feet;
17 I can count all My bones.
They look and stare at Me.
18 They divide My garments among them,
And for My clothing they cast lots.
19 But You, O Lord, do not be far from Me;
O My Strength, hasten to help Me!
20 Deliver Me from the sword,
My precious life from the power of the dog.
21 Save Me from the lion’s mouth
And from the horns of the wild oxen!
You have answered Me.
22 I will declare Your name to My brethren;
In the midst of the assembly I will praise You.
23 You who fear the Lord, praise Him!
All you descendants of Jacob, glorify Him,
And fear Him, all you offspring of Israel!
24 For He has not despised nor abhorred the affliction of the afflicted;
Nor has He hidden His face from Him;
But when He cried to Him, He heard.
25 My praise shall be of You in the great assembly;
I will pay My vows before those who fear Him.
26 The poor shall eat and be satisfied;
Those who seek Him will praise the Lord.
Let your heart live forever!
27 All the ends of the world
Shall remember and turn to the Lord,
And all the families of the nations
Shall worship before You.
28 For the kingdom is the Lord’s,
And He rules over the nations.
29 All the prosperous of the earth
Shall eat and worship;
All those who go down to the dust
Shall bow before Him,
Even he who cannot keep himself alive.
30 A posterity shall serve Him.
It will be recounted of the Lord to the next generation,
31 They will come and declare His righteousness to a people who will be born,
That He has done this.

 

Post a Comment

Previous Post Next Post