Psalms 24 MP3 Download - Bhajansangraha Bhajan 24 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 24 MP3 Download - Bhajansangraha Bhajan 24 MP3 Download

 


भजनसंग्रह 24

महिमाका राजा
दाऊदको भजन
1 पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।
2 किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ,
र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ।
3 परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला?
र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ?
4 त्‍यही नै, जसको हात निर्दोष छ,
र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन,
र जसले झूटो कुरामाथि शपथ खाँदैन।
5 त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ,
र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।
6 उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला
7 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ,
र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌।
8 महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ।
9 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ,
र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌!
10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ।
 सेला
 
 
 To Download MP3 Click on Picture

Psalms 24

The King of Glory and His Kingdom
A Psalm of David.
1 The earth is the Lord’s, and all its fullness,
The world and those who dwell therein.
2 For He has founded it upon the seas,
And established it upon the waters.
3 Who may ascend into the hill of the Lord?
Or who may stand in His holy place?
4 He who has clean hands and a pure heart,
Who has not lifted up his soul to an idol,
Nor sworn deceitfully.
5 He shall receive blessing from the Lord,
And righteousness from the God of his salvation.
6 This is Jacob, the generation of those who seek Him,
Who seek Your face.
Selah
7 Lift up your heads, O you gates!
And be lifted up, you everlasting doors!
And the King of glory shall come in.
8 Who is this King of glory?
The Lord strong and mighty,
The Lord mighty in battle.
9 Lift up your heads, O you gates!
Lift up, you everlasting doors!
And the King of glory shall come in.
10 Who is this King of glory?
The Lord of hosts,
He is the King of glory.
Selah
 

 

Post a Comment

Previous Post Next Post