LISTEN MP3 HERE & DOWNLOAD
Psalms 25 MP3 Download - Bhajansangraha Bhajan 25 MP3 Download
भजनसंग्रह 25
अगुवाइ र रक्षाको निम्ति प्रार्थना
दाऊदको भजन
1 हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्छु।
2 हे मेरा परमेश्वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्।
3 तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्, जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्।
4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्।
5 तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ,
र दिनभरि तपाईंमा नै मेरो आशा छ।
6 हे परमप्रभु, तपाईंको महान् करुणा र प्रेमको सम्झना गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्।
7 मेरो
जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्, हे परमप्रभु, आफ्नो
प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं असल हुनुहुन्छ।
8 परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ।
9 उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ,
र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
10 उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्वासयोग्य हुन्छन्।
11 हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्, यद्यपि मेरो अपराध अति ठूलो छ।
12 परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो, परमप्रभुले त्यसलाई सिकाउनुहुनेछ।
13 त्यसले सुख-चैनमा आफ्नो दिन बिताउनेछ,
र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्।
14 परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ,
र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ।
15 मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ।
16 मतिर फर्कनुहोस्, र ममाथि कृपालु बन्नुहोस्, किनकि म एकलो र कष्टित छु।
17 मेरो हृदयका दु:खहरू बढ़ेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्।
18 मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्,
र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्।
19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्।
20 मेरो प्राणको रक्षा गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, मैले शर्माउनु नपरोस्, किनकि म तपाईंको शरणमा परेको छु।
21 ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्, किनकि म तपाईंमा आशा राख्तछु।
22इस्राएललाई त्यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्, हे परमेश्वर।
To Download MP3 Click on Picture
Psalms 25
A Plea for Deliverance and Forgiveness
A Psalm of David.
1 To You, O Lord, I lift up my soul.
2 O my God, I trust in You;
Let me not be ashamed;
Let not my enemies triumph over me.
3 Indeed, let no one who waits on You be ashamed;
Let those be ashamed who deal treacherously without cause.
4 Show me Your ways, O Lord;
Teach me Your paths.
5 Lead me in Your truth and teach me,
For You are the God of my salvation;
On You I wait all the day.
6 Remember, O Lord, Your tender mercies and Your lovingkindnesses,
For they are from of old.
7 Do not remember the sins of my youth, nor my transgressions;
According to Your mercy remember me,
For Your goodness’ sake, O Lord.
8 Good and upright is the Lord;
Therefore He teaches sinners in the way.
9 The humble He guides in justice,
And the humble He teaches His way.
10 All the paths of the Lord are mercy and truth,
To such as keep His covenant and His testimonies.
11 For Your name’s sake, O Lord,
Pardon my iniquity, for it is great.
12 Who is the man that fears the Lord?
Him shall He teach in the way He chooses.
13 He himself shall dwell in prosperity,
And his descendants shall inherit the earth.
14 The secret of the Lord is with those who fear Him,
And He will show them His covenant.
15 My eyes are ever toward the Lord,
For He shall pluck my feet out of the net.
16 Turn Yourself to me, and have mercy on me,
For I am desolate and afflicted.
17 The troubles of my heart have enlarged;
Bring me out of my distresses!
18 Look on my affliction and my pain,
And forgive all my sins.
19 Consider my enemies, for they are many;
And they hate me with cruel hatred.
20 Keep my soul, and deliver me;
Let me not be ashamed, for I put my trust in You.
21 Let integrity and uprightness preserve me,
For I wait for You.
22 Redeem Israel, O God,
Out of all their troubles!