LISTEN MP3 HERE & DOWNLOAD
भजनसंग्रह 27
परमप्रभुमा भरोसा
दाऊदको भजन
1. परमप्रभु
मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु
नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु?
2. जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्।
3. सेनाले
मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा
लड़ाइँ चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु।
4. एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ,
र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ,
र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ।
5. किनकि
सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ,
आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा
चट्टानमाथि उच्च राख्नुहुनेछ।
6. तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ,
र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
7. हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्।
8. मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
9. तपाईंको
मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं
मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्,
हे मेरा उद्धारकर्ता परमेश्वर!
10. मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।
11. हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्,
र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्।
12. मेरा
शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झूटा गवाहहरू मेरो
विरुद्धमा उठेका छन्, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्।
13. मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु।
14. परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्,
र परमप्रभुकै प्रतीक्षा गर।
DOWNLOAD MP3 |
To Download MP3 Click on Picture
Psalms 27
An Exuberant Declaration of Faith
A Psalm of David.
1. The Lord is my light and my salvation;
Whom shall I fear?
The Lord is the strength of my life;
Of whom shall I be afraid?
2. When the wicked came against me
To eat up my flesh,
My enemies and foes,
They stumbled and fell.
3. Though an army may encamp against me,
My heart shall not fear;
Though war may rise against me,
In this I will be confident.
4. One thing I have desired of the Lord,
That will I seek:
That I may dwell in the house of the Lord
All the days of my life,
To behold the beauty of the Lord,
And to inquire in His temple.
5. For in the time of trouble
He shall hide me in His pavilion;
In the secret place of His tabernacle
He shall hide me;
He shall set me high upon a rock.
6. And now my head shall be lifted up above my enemies all around me;
Therefore I will offer sacrifices of joy in His tabernacle;
I will sing, yes, I will sing praises to the Lord.
7. Hear, O Lord, when I cry with my voice!
Have mercy also upon me, and answer me.
8. When You said, “Seek My face,”
My heart said to You, “Your face, Lord, I will seek.”
.9 Do not hide Your face from me;
Do not turn Your servant away in anger;
You have been my help;
Do not leave me nor forsake me,
O God of my salvation.
10. When my father and my mother forsake me,
Then the Lord will take care of me.
11. Teach me Your way, O Lord,
And lead me in a smooth path, because of my enemies.
12. Do not deliver me to the will of my adversaries;
For false witnesses have risen against me,
And such as breathe out violence.
13. I would have lost heart, unless I had believed
That I would see the goodness of the Lord
In the land of the living.
14. Wait on the Lord;
Be of good courage,
And He shall strengthen your heart;
Wait, I say, on the Lord!